समानुपातिकमा एमाले ‘प्यारो’, कटायो लाख
काठमाडाैं | मंसिर ६, २०७९
प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ।
अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ मत पाएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३।२२ प्रतिशत मत हो।
चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ मत पाएको छ।
जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन्।
नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन्।
अन्य दलहरूले पाएको मत १९४३० छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

